images

२०८३ आश्विन २४ गते

images
images
images

वीरगञ्ज महानगरद्वारा गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख राजस्व संकलन

वीरगञ्ज महानगरद्वारा गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख राजस्व संकलन

images
images
अर्थ समाचार
शनिवार, श्रावण ५ २०८१
अर्थ समाचार
शनिवार, श्रावण ५ २०८१
  • वीरगञ्ज। वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व संकलन गरेको छ। महानगरले संकलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा रु चार करोड ४५ लाख ४३ हजार नौ सय ३० ले बढी हो।

    images
    images

    महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै रु ९० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व संकलन गरेको बताए।

    ‘आर्थिक मन्दिले करदाता पीडामा भएको बेला पनि उक्त रकम राजस्व संकलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ,’ उनले भने, ‘आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो।’

    images
    images

    राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए। ‘गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व संकलनमा पनि परेको छ,’ उनले भने।

    महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ। सो शीर्षमा महानगरले रु २० करोड छ लाख ८४ हजार राजस्व संकलन गरेको छ। त्यस्तै, घरबहाल करबापत रु ११ करोड ७७ लाख ४४ हजार आम्दानी गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend