images

२०८३ आश्विन २४ गते

images
images
images

गत आर्थिक वर्ष झापामा पुँजीगत खर्च ८७ प्रतिशत

गत आर्थिक वर्ष झापामा पुँजीगत खर्च ८७ प्रतिशत

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  • भद्रपुर– गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको  पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपैयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।

    images
    images

    कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीकानुसार जिल्लाको पुँजीगततर्फ पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ रुपैयाँ विनियोजन भएको थियो ।

    ‘चालुतर्फको विनियोजित १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० रुपैयाँमध्ये ९७ दशमलव ३० अर्थात् १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ रुपैयाँ खर्च भएको छ’ उनले भने ।

    images
    images

    समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४ दशमलव ६० अर्थात् १९ अर्ब ८७ करोड ८० लाख १० हजार दुई सय १२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ ।

    यहाँ गत आव २०८०/०८१ मा १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार नौ सय १८ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

    सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाबाट १४ अर्ब २३ करोड १३ लाख ८३ हजार नौ सय ९० रुपैयाँ संकलन भएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend