images

२०८३ आश्विन २४ गते

images
images
images

गत आर्थिक वर्षमा रिटेल पेमेन्ट स्विचबाट ५७ खर्बको कारोबार

गत आर्थिक वर्षमा रिटेल पेमेन्ट स्विचबाट ५७ खर्बको कारोबार

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  • आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्विच अन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत् ५७ खर्ब रूपैयाँको कारोबार भएको छ।

    images
    images

    पछिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्विचको कारोबारमा क्रमशः ४९ प्रतिशत र ३८ प्रतिशतले वृद्धि भएको हो।

    हाल सबै कारोबारहरू विद्युतीय माध्यमबाट हुने र धेरैजसो सानो रकमका कारोबारहरू रियल टाइममा नै हुने भएकोले सबैजसो कारोबारहरू आरपिएस मार्फत् सिधै अथवा राउटिङ र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक वृद्धि हुँदै गएको छ।

    images
    images

    उक्त निकायहरूलाई आरपिएसमा नेशनल पेमेन्ट इन्टरफेस एनपिआइ मार्फत् इन्टिग्रेट गरिएको छ। फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, कयुआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबारहरू जुनै च्यानलबाट गरिए पनि अन्तिममा आरपिएसबाट प्रोसेस हुने गरेको छ।

    एनसिएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्महरू जस्तै बैंक/वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेटपे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरू समेत आरपिएसबाट नै प्रोसेसिङ हुने गरेको छ।

    नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्विच लागू गर्न एनसिएचएललाई स्वीकृति दिएपछि उक्त परियोजनाको पहिलो पूर्वाधारको रूपमा एनसिएचएलले रिटेल पेमेन्ट स्विच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चलान गर्दै आएको छ। 

    रिटेल भुक्तानीका विभिन्न उपकरणहरू जस्तैः बैंक–बैंक, बैंक–वालेट, वालेट–वालेटबीच ट्रान्स्फर, सरकारी कारोबार, सेवाबापतको भुक्तानी, मोबाईल नम्बरको आधारमा ट्रान्स्फर, क्युआर भुक्तानी, क्युआर नेटवर्कबीच अन्तरआबद्धता, इ–कमर्शको लागि पेमेन्ट गेटवे, लगायतका भुक्तानी उपकरणहरू आरपिएसमा उपलब्ध रहेका छन्।

    आरपिएसमा हाल ५२ बैंक/वित्तीय संस्थाहरू, २२ भुक्तानी सेवा प्रदायकहरू, २ भुक्तानी प्रणाली सञ्चालकहरू, १०० भन्दा बढी अन्य संस्थाहरू र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबार गर्ने गरी जोडिएका छन्।

    नेपालभित्र हुने कार्डको कारोबारलाई समेत अन्तरआबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउन एनपिएसअन्तर्गत नेशनल कार्ड स्विच (एनपिएस–एनसिएस) र नेपाल पे कार्डको जडान कार्य समेत हुँदै गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend