images

२०८३ आश्विन १८ गते

images
images
images

माघ २६ गते उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा

माघ २६ गते उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं । उन्नति सहकार्य लघुवित्तको माघ २६ गते शनिबार वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन त्यसैले कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । 

    images
    images

    साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

    सभा प्रयोजनको लागि कम्पनीले माघ १५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।सभा, होटल सनस्टार इन्टरनेसनल प्रालि, भैरहवामा बिहान ११ बजे सुरु हुनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend