images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • थारु आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा...

थारु आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

थारु आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौँ-राष्ट्रिय सभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ। सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गरे।

    images
    images

    बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए।

     त्यसअघि अध्यक्ष दाहालले असार २० गतेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शारदादेवी भट्टले प्रयोग गरेको शब्द ‘रेकर्ड’बाट हटाउन निर्देशन दिए।

    images
    images

    सचिवालयबाट अध्ययन गर्दा सांसद भट्टले प्रयोग गरेका ती शब्द राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१ को खण्ड (घ) १ को व्यवस्था विपरीत भएको देखिएको अध्यक्ष दाहालले जानकारी दिए।

    अपाङ्गता भएका व्यक्तिलाई होच्याउने गरी प्रयोग भएका ती शब्दप्रति नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले नियमापत्ति गर्दै रेडर्कबाट हटाउन माग गरेका थिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend