images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • अनुहारमा चौलानी लगाउनु हुन्छ, यस्ता छन्...

अनुहारमा चौलानी लगाउनु हुन्छ, यस्ता छन् नोक्सानी

अनुहारमा चौलानी लगाउनु हुन्छ, यस्ता छन् नोक्सानी

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौँ । पछिल्लो समय युवा पुस्तामाझ कोरियन ड्रामाको लत बढेको छ । कोरियन ड्रामाको साथसाथै छालाको हेरचाहका लागि कोरियालीहरूले अपनाउने पद्धति र तरिकाप्रति पनि आकर्षण बढेको छ । 

    images
    images

    विशेष गरी किशोरी र युवतिहरूमा कोरियन ग्लास स्किनको मोह छ । आफ्नो छाला पनि त्यस्तै बनाउन कोरियन स्किन केयर प्रडक्टको प्रयोग त बढेको छ नै कोरियन घरेलु उपचारहरू पनि अपनाइरहेकी छन् । यी उपचारहरूमा चामलको पानी अर्थात् चौलानी र भातले महत्त्वपूर्ण भूमिका खेल्छन् ।  चामलको पानी छालाको लागि धेरै फाइदाजनक छ । तर यसले अनुहारमा धेरै समस्या निम्त्याउन सक्छ । के यो कुरा तपाईँलाई थाहा छ ?  

    छालालाई सुख्खा बनाउँछ

    images
    images

    चामलको पानीमा स्टार्च पाइन्छ । यसले छालामा रहेको ओसिलोपन सोस्छ अनि छालालाई सुख्खा र निर्जीव (डल) बनाउँछ । सुख्खा छाला भएकाहरूले यसको धेरै प्रयोग गर्नु हुन्न ।

    रौँका प्वालहरू बन्द गरिदिन्छ

    चामलको पानीलाई अनुहारमा लामो समयसम्म छोडियो वा यसलाई लगाएर अनुहार नधोइकन बसियो भने यसले रौँका प्वालहरू बन्द गर्न सक्छ । यसले पिम्पल र ब्ल्याकहेड्स जस्ता समस्या बढाउन सक्छ ।

    छालामा पोल्ने र चिलाउने समस्या

    संवेदनशील छाला भएका मानिसहरूले चामलको पानी बारम्बार लगाइरहँदा पोल्ने, चिलाउने र बिबिरा आउने जस्ता समस्या निम्तिन सक्छ । छालामा कुनै विशेष तत्त्वबाट एलर्जी भएकाहरूलाई विशेषगरी यस्तो हुन सक्छ ।

    पीएच स्तर असन्तुलित हुन्छ

    चामलको पानीले छालाको प्राकृतिक पीएच सन्तुलनलाई असर गर्न सक्छ । यसका कारण छालामा दाग वा सुख्खापन आउन सक्छ । यस्तो अवस्थामा, पनि तपाईँले नियमित रूपमा चामलको पानी प्रयोग गर्नुभयो भने छाला पनि बिग्रन सक्छ ।

    स्किन टोनमा असमानता

    चामलको पानीले घामले डढेको छालाको खैरोपन कम गर्न मद्दत गर्छ । तर यसको धेरै प्रयोगले छालाको ‘टोन’ असमान हुन सक्छ । त्यसैले, चामलको पानी अनुहारमा लगाएपछि आफ्नो छालाको रंगमा परिवर्तन देख्नुभयो भने, चामलको पानी प्रयोग गर्न बन्द गर्नुपर्छ ।

    चामलको पानी प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू

    चामलको पानी अनुहारमा धेरै लगाउँदा हुन सक्ने क्षतिबारे त तपाईँले थाहा पाइसक्नु भयो । यो थाहा पाएर पनि तपाई आफ्नो अनुहारमा चामलको पानी प्रयोग गर्न चाहनुहुन्छ भने हप्तामा २–३ पटक भन्दा धेरै यसलाई अनुहारमा नलगाउनु होला । हरेक पटक लगाउँदा यसलाई अनुहारमा १०–१५ मिनेटभन्दा बढी नछाड्नुहोस् । लगाएपछि अनुहार सफा पानीले धुनुहोस् अनि मोइस्चराइजर पनि लगाउनुहोस् । चौलानी लगाउँदा अनुहारमा पोल्ने वा चिलाउने  भयो भने तुरुन्तै यसको प्रयोग गर्न बन्द गर्नुहोस् ।एजेन्सी

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend