नेपालको कूल सार्वजनिक ऋण अत्यधिक तीव्र गतिमा बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख पुगेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेको थियो ।उक्त ऋण चालू आर्थिक वर्षको असार मसान्तसम्ममा १३४ अर्ब ६८ करोड ४१ लाख थप परिचालन भएको थियो । जेठ महिनाको तुलनामा कुल सार्वजनिक ऋण ३२ अर्ब ८९ करोड ५८ लाख थप भएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४२.६५ प्रतिशत हुन आउँछ ।
आन्तरिक तर्फको ११ खर्ब ८० अर्ब ९० करोड ऋण तिर्न बाँकी रहेको छ भने बाह्यतर्फ १२ खर्ब ५३ अर्ब १३ करोड तिर्न बाँकी रहेको छ ।
यस अवधिमा ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख ऋण प्राप्त भएको छ । चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको थियो । वार्षिक लक्ष्यको तुलनामा ऋण प्राप्ति ७९.०८ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ९७.६८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ५८.१० प्रतिशत रहेको छ ।
गत आवमा ऋण सेवा खर्बमा ३ खर्ब ३० अर्ब वार्षिक बजेट विनियोजन भएकोमा असार मसान्तसम्म ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ९२.५४ प्रतिशत हो । कुल गृहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ५.३५ प्रतिशत रहेको छ ।




.gif)





