काठमाडौं । सरकारी स्वामित्वमा रहेकाे नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब २३ कराेड नाफा कमाएकाे छ। याे नाफा गत वर्षभन्दा केही कम हाे।
समग्र अर्थतन्त्रका सूचकांक नकारात्मक रहेकाे अवस्थामा पनि कम्पनीले नाफा कमाएकाेप्रति भने टेलिकमकी प्रवन्ध निर्देशक संगीता पहाडी अर्यालले बताइन्।
आव ०८०/८१ मा नेपाल टेलिकमले ४२ अर्ब ११ कराेड आर्जन गरेकाे छ।यस्तै, चालू आवकाे पाैष मसान्तसम्म टेलिकमले करिब २० अर्ब १२ कराेड आर्जन गरेकाे प्रवन्ध विर्देशक अर्यालले बताइन्।नेपाल टेलिकमले आज २१ औं वार्षिकाेत्सब मनाइरहेकाे छ।




.gif)





