images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • नक्सा पास गरिदिने भन्दै १ लाख...

नक्सा पास गरिदिने भन्दै १ लाख घुस लिँदै गर्दा मलंगवाका इन्जिनियर पक्राउ

नक्सा पास गरिदिने भन्दै १ लाख घुस लिँदै गर्दा मलंगवाका इन्जिनियर पक्राउ

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • जनकपुरधाम । मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।आयोगको बर्दिबास कार्यालयको टोलीले नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई मंगलबार साँझ सेवाग्राहीबाट घुसको रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

    images
    images

    अख्तियार स्रोतका अनुसार नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको टोली मलंगवा नगरपालिका पुगेको थियो। सोही क्रममा यादवलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। यादवसहित अन्य एक जनालाई पनि अख्तियारले नियन्त्रणमा लिए पनि उनको विषयमा थप केही पनि खुलाइएको छैन ।अख्तियारको टोलीले यादवलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend