images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • आज विश्व क्यान्सर दिवस मनाइँदै, नेपालमा...

आज विश्व क्यान्सर दिवस मनाइँदै, नेपालमा कति सस्तो छ उपचार ?

आज विश्व क्यान्सर दिवस मनाइँदै, नेपालमा कति सस्तो छ उपचार ?

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । नेपालमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ आज विश्व क्यान्सर दिवस मनाइँदैछ । हरेक वर्ष आजको दिन अर्थात् ४ फेब्रुअरीमा यो दिवस विश्वव्यापीरूपमा मनाउने गरिन्छ ।क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै समयमा पहिचान भएमा यसको उपचारमार्फत निर्मूल हुने चिकित्सक बताउँछन् । 

    images
    images

    भक्तपुर क्यान्सर अस्पतालका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुने एवं यसको उपचारमा अरू देशको तुलनामा नेपालमा सस्तो मानिन्छ । सरकारी अस्पतालमा ४० देखि  ५० हजारसम्ममा र निजी अस्पतालमा ५ लाख रुपैयाँसम्ममा क्यान्सरको शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । 

    चिकित्सकहरूका अनुसार क्यान्सर हाम्रो शरीरको कोष वा कोषिकाहरुको समूहमा अस्वाभाविक वृद्धि नै क्यान्सर रोग हो । जसलाई एक किसिमको गिर्खा वा ट्युमर भनिन्छ । यो ट्युमर शरीरको जुन भागमा आएको हो त्यहाँबाट अन्य भागमा फैलिँदै जान्छ । यही घातक ट्युमरलाई क्यान्सर भनिन्छ । 

    images
    images

    क्यान्सरका कारक तत्वहरूमा धूमपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन, जीवाणु तथा विषाणुका कारण,  वंशाणुगत कारण, विकिरणको प्रभाव, अस्वस्थकर आहार, वातावरणीय प्रदूषण हो । 

    क्यान्सरबाट बच्नको लागी धूमपान, मद्यपान तथा कुनै पनि सूर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित भोजन गर्ने, शारीरिक व्यायाम नियमित गर्ने, नियमित स्वास्थ्य परीक्षण गराए क्यान्सरबाट बच्न सकिन चिकित्सक बताउँछन् । 

      

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend