images

२०८३ आश्विन २१ गते

images
images
images

भूगर्भ सिमेन्टको आम्दानी १ अर्ब ३९ करोड - कस्तो छ अन्य सूचकको अवस्था ?

भूगर्भ सिमेन्टको आम्दानी १ अर्ब ३९ करोड - कस्तो छ अन्य सूचकको अवस्था ?

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको,भूगर्भ सिमेन्टले गत वर्ष सन् २०२४ मा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

    images
    images

    कम्पनीले गरेको आम्दानी अघिल्लो बर्ष (सन् २०२३) को तुलनामा १२ करोड ६० लाख रुपैयाँ अर्थात ९.९६ प्रतिशतले बढी हो । सन् २०२३ मा कम्पनीले १ अर्ब २६ करोड ४० लाख रुपैयाँको आम्दानी गरेको थियो ।

    यस्तै, २०२४ सम्ममा कम्पनीको  सञ्चालन मुनाफा अगाडि ब्याज, कर, मूल्यह्रास र अमूर्त सम्पत्तिको ह्रास मार्जिनमा २९.८८ प्रतिशतको  सुधार भएको छ । ब्याज कभरेज पनि १.६८ पटकमा सुधार भएको छ । जुन २०२३ मा ०.१३ पटकमा घटेको थियो ।भूगर्भले १२ करोड ६२ लाख ५० हजार रुपैयाँको आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

    images
    images

    धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । भूगर्भले २ अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।उद्योगसँग दैनिक ३२ सय टन खानी उत्खनन् गर्ने अनुमतिपत्र (लाइसेन्स) पाएको छ । खानी लुम्बिनीको तीनपानेमा रहेको छ ।

    २०२३ मा उद्योगको खानी स्किम बढाइएको हो । उद्योगको सिमेन्ट उत्पादन क्षमता बढेर दैनिक ७ सय टन पुर्याइएको छ । यसअघि दैनिक ५ सय टन सिमेन्ट उत्पादन क्षमता थियो । उद्योगले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिरहेको छ ।

    उद्योगले २ अर्ब २५ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ । नेपालमा ७५ सिमेन्ट उद्योग रहेका छन् । जसमध्ये २० वटा क्लिङकर उत्पादन र बाँकी ग्रान्डिङ युनिट सञ्चालनमा रहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend