images

२०८३ आश्विन १८ गते

images
images
images

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त भएको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो। दीपेन्द्र के. खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ।

    images
    images

    कार्यक्रममा अभिनेता हरिवंश आचार्यले आजदेखि नै चलचित्रको प्रचारप्रसार शुरु भएको बताए। चलचित्र एक वर्ष लगाएर लेखेको र चलचित्र देश बनाए जस्तै भएको बताए। देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने टिप्पणी गरे। अभिनेता किरण केसीले आजबाट चलचित्र सुरु भएको र सबैको मेहनतले चलचित्र राम्रो बन्ने बताए।

    कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई मन लागेको टिमसँग काम गर्न मौका पाउँदा खुशी लागेको बताइन्। एम.एम मोस पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend