images

२०८३ आश्विन २१ गते

images
images
images
  • अर्थतन्त्र
  • चिलिमे हाइड्रोपावरको दोस्रो त्रैमास : बढ्यो...

चिलिमे हाइड्रोपावरको दोस्रो त्रैमास : बढ्यो खुद नाफा, इपिएस कति ?

चिलिमे हाइड्रोपावरको दोस्रो त्रैमास : बढ्यो खुद नाफा, इपिएस कति ?

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अवधिमा चिलिमे हाइड्रोपावरले ४९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा सामान्य बढेको हो  । गत आवको पहिलो त्रैमासमा कम्पनीले ४८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    images
    images

    यसअवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४.७२ प्रतिशतले बढेको छ । गत वर्ष ६१ करोड २० लाख रुपैयाँ विद्युत बिक्रीबाट हुने आम्दानी गरेको यसले अहिले बढाएर ६४ करोड पुर्याएको छ । 

    हाल ८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ८.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७.२१ रुपैयाँ रहेको छ ।

    images
    images

    कम्पनीले सान्जेन जलविद्युत् आयोजना, रसुवागढी हाइड्रोपावर तथा मध्यभोटेकोशीजस्ता ठूला आयोजनामा समेत लगानी गरेको छ । यी तीनै आयोजना करिब सम्पन्न भएका छन् । तीनै आयोजनामा प्रशारणलाइन तथा विद्युत् जडान कार्य भइरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend