images

२०८३ आश्विन २१ गते

images
images
images

नेपाल बीमा प्राधिकरणको खाताबाट करिब पाँच अर्ब अर्थमन्त्रालय सार्ने तयारी

नेपाल बीमा प्राधिकरणको खाताबाट करिब पाँच अर्ब अर्थमन्त्रालय सार्ने तयारी

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोषमा रहेको करिब नौ अर्ब रुपैयाँ मध्ये करिब पाँच अर्ब रुपैयाँ नेपाल सरकार अर्थमन्त्रालयको सरकारी खातामा पठाउने तयारी सुरु भएको छ ।

    images
    images

    प्राधिकरणले नियमन शुल्क बापत उठाएको ठूलो रकम खातामा रहेको छ । प्राधिकरणबाट करिब पाँच अर्ब (अनुमानित चार देखि पाँच अर्ब) रुपैयाँ सरकारी कोषमा दाखिला गर्ने प्रक्रिया अघि बढाइएको हो ।

    प्राधिकरणको खातामा रहेको रकम सरकारी खातामा सार्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइएको हो । हाल प्राधिकरणको खातामा करिब नौ अर्ब रुपैयाँ रहेको छ । सो मध्ये एक तिहाई कोषमा राखिन्छ । साथै थप विभिन्न प्रकारका कोषहरुमा राखेर बाँकी रहेको रकम सरकारी खातामा सार्ने निर्णय गरिएको छ । सरकारी ढुकुटी कमजोर बनेपछि सरकारले अध्यादेश नै ल्याएर कोषहरुको रकम तान्ने काम सुरु गरेको छ ।

    images
    images

    दुई सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजिको अभावमा तड्पिरहेको अवस्थामा बीमा प्राधिकरणको कोषमा जम्मा भएको रकम अर्थमन्त्रालयमार्फत उल्लेखित दुई कम्पनीको चुक्ता पुँजि थप गर्न प्रयोग गर्ने सम्बन्धमा पहल सुरु भएको छ ।

    प्राधिकरणले तोकेको चुक्ता पुँजि पुर्याउन नसक्दा दुई बीमा कम्पनीहरु भ्रष्टाचारको दलदलमा फसेर अडिट नै गर्न नसक्ने अवस्थाबाट गुज्रिरहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend