images

२०८३ आश्विन २१ गते

images
images
images

६ महिनामा सात खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

६ महिनामा सात खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं ।चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनासम्म (साउनदेखि पुस) मा ७ खर्ब ६३ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २५ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। 

    images
    images

    पुसमा एक महिनामा मात्रै एक खर्ब २२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। मंसिर एक महिनाको तुलनामा पुसमा रेमिटेन्स बढेको छ। मंसिरमा मासिक एक खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएको थियो। 

    गत आर्थिक वर्ष २०८०–८१ को ६ महिना (साउनदेखि पुससम्म)मा भने ७ खर्ब ३३ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो ६ महिनामा चार अर्ब २७ करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ। गत वर्षको पहिलो ६ महिनामा चार अर्ब आठ करोड रूपैयाँ बाहिरिएको थियो। 

    images
    images

    ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १५.४९ प्रतिशतले बढेको छ।गत आर्थिक वर्षमा भने तीन लाख ४० हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या तीन लाख ९३ हजारले यस्तो स्वीकृति लिएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend