images

२०८३ आश्विन २१ गते

images
images
images

अस्पतालमा एकीकृत प्रणाली लागु हुँदै, रिपोर्ट बोक्नुपर्ने बाध्यता अन्त्य हुने

अस्पतालमा एकीकृत प्रणाली लागु हुँदै, रिपोर्ट बोक्नुपर्ने बाध्यता अन्त्य हुने

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको स्वास्थ्य परीक्षण सम्बन्धी सबै जानकारी जुनसुकै अस्पतालबाट पनि कम्प्युटर प्रणालीमा हेर्न मिल्ने एकीकृत प्रणाली लागु गर्ने तयारी अघि बढेको छ ।

    images
    images

    अधिकारीहरूका अनुसार यो कार्यान्वयनमा आए बिरामीले अस्पताल जाँदा आफ्नो स्वास्थ्य रिपोर्टसहितका कागजपत्र बोक्नुपर्दैन, एउटा कोड नम्बर बोके पुग्छ ।

    हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको जनाउँदै मन्त्रालयले एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाको अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउन लागेको हो ।

    images
    images

    त्यसका लागि सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरूले विद्युतीय चिकित्सा अभिलेख प्रणालीमा बिरामीको स्वास्थ्य विवरण कम्प्युटरमार्फत् इन्ट्री गर्नुपर्ने हुन्छ । त्यसमा बिरामीको नाम, ठेगाना, उमेरदेखि स्वास्थ्य समस्या, उपचार विधि, प्रयोग गरिएको औषधि लगायत सबै विवरण राखिन्छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल भन्छन्, ‘यो प्रणाली कार्यान्वयनमा आउँदा स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार हुँदा र बाहिरिँदासम्मको विवरणका साथै प्रयोगशालाका रिपोर्टहरूसमेत विद्युतीय प्रणालीमा सुरक्षित रहन्छन् ।’‘उपचार गर्न नेपालको जुन अस्पतालमा गए पनि बिरामीको कोड नम्बर इन्ट्री गरेपछि उसको सबै हिस्ट्री पत्ता लाग्छ,’ मन्त्री पौडेलले भने, ‘सूचना प्रणालीमा बिरामीको हिष्ट्री, जाँच, चलाइएको औषधि तथा उपचारका लागि भविष्यमा गर्ने योजना एकैठाउँमा संकलित हुनेछन् ।’

    २०७९ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा ‘एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली’ (ईएचआर) लागु गर्ने उल्लेख थियो । तर कार्यविधि नबनेकाले यो कार्यान्व्यनमा आएको थिएन ।स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई डिजिटल बनाउँदै लैजाने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउन एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ ल्याएपछि अब बल्ल कार्यान्वयनको बाटो खुलेको छ ।

    निर्देशिकामा के छ ?

    अब स्वास्थ्य संस्थाहरूले प्रणालीको स्थापना गरी एक अर्कालाई कार्यक्षेत्र र कार्य विवरणका आधारमा बिरामीका विवरणमा पहुँच दिनुपर्नेछ । हाल विद्युतीय प्रणाली अस्पतालहरूमा लागु भए पनि एक अर्काबीच तथ्यांक आदानप्रदान गर्ने खालका छैनन् ।यसले गर्दा बिरामीले पटक–पटक एकै खालका जानकारी हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता छ । नयाँ व्यवस्थापछि यो समस्या हट्ने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

    प्रणालीमा बिरामीको पहिचान नम्बर (कोड नम्बर)का आधारमा स्वास्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य प्रविष्ट हुनुपर्ने निर्देशिकामा छ ।प्रणालीमा नाम दर्तादेखि सेवाग्राही, आकस्मिक सेवा, फार्मेसी, प्रतिवेदन, ब्लक बैंक, बेड मोड्युल हुनुपर्ने निर्देशिकामा छ । बिरामीको चिकित्सकीय सेवाबापतको भुक्तानी समेत अनलाइन हुने व्यवस्था गरिएको छ ।

    मन्त्रालयले सेवाग्राही पोर्टल विकास गरेर उपचारमा संलग्न स्वास्थ्यकर्मी बाहेकलाई सूचनामा पहुँच दिन नहुने तथा सरकारले कानून बमोजिम माग गरेमा सूचना उपलब्ध गराउन सक्ने गरी प्रणाली सञ्चालन गर्नेछ ।मन्त्रालयले यस प्रणाली तीनै तहमा र हरेक स्वास्थ्य संस्थामा विद्युतीय अभिलेखका लागि एउटा एकाइ बेग्लै एकाइ परिकल्पना गरिएको छ ।साथै संघीय तहमा मन्त्रालयले अतिरिक्त सचिवको नेतृत्वमा निर्देशक समिति गठन गरेर प्रणालीको अनुगमन तथा समस्या समाधानमा भूमिका खेल्ने निर्देशिकाले परिकल्पना गरेको छ ।

    नागरिकका स्वास्थ्य समस्याका जानकारीका आधारमा राज्यले लिने नीति र कार्यक्रममासमेत एकीकृत प्रणालीले मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।स्वास्थ्य मन्त्री पौडेल एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागु भएसँगै बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपना अन्त्य हुने बताउँछन् । ‘रोगको निदान तथा उपचार पद्धतीमा बिरामीलाई कम भार परोस् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘बिरामीको खर्च र परीक्षणको दोहोरोपना रोक्न र प्रभावकारी सेवा दिन नयाँ व्यवस्थाले सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend