images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • उपप्रधानमन्त्री प्रकाशमान सिंह :संघीय संसद...

उपप्रधानमन्त्री प्रकाशमान सिंह :संघीय संसद भवनको निर्माणका कार्य समयमै गर्न सक्दो प्रयास गर्नेछु

उपप्रधानमन्त्री प्रकाशमान सिंह :संघीय संसद भवनको निर्माणका कार्य समयमै गर्न सक्दो प्रयास गर्नेछु

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौँ - उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्  ।

    images
    images

    शुक्रवार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन्।

     उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने बताए । उनले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । 

    images
    images

     उपप्रधानमन्त्री सिंहले सो भवन निर्माणका लागि कुनै समस्या भए हटाएर अघि बढ्न पनि आफूले पहल गर्ने बताए । त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले सो भवन समयमै सम्पन्न गर्नका लागि चासो व्यक्त गरेको भन्दै सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहाललगायतप्रति आभार व्यक्त गरे । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend