काठमाडौं ।अटिजम भएका बालबालिकाको हेरचाहको उद्देश्यले शिक्षालय खोल्ने तयारी भएको छ । यसका लागि एन अटिजम केयर फाउण्डेशनले पूर्वतयारी तीव्र पारेको हो ।
यसका लागि भारतका लोकप्रिय गायक जुबिन नौतियाल नेपाल आउने भएका छन् । उनले काठमाडौंको हायात होटलमा १७ फागुन शनिबार अर्थात् मार्च १ अकन्सर्ट गर्ने भएका हुन् ।
कन्सर्टबाट उठेको रकम शिक्षालयका लागि खर्च गरिने जनाइएको । कार्यक्रममा टिकट बुकिङ चलिरहेको छ । जुबिन आउँदै गर्दा फाउण्डेशनले शनिबार काठमाडौंमा कन्क्लेभसमेत आयोजना गरेको छ ।
कन्क्लेभमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल प्रमुख अतिथिका रुपमा सहभागी भए । कार्यक्रममा वरिष्ठ चिकित्सक तथा समाजका गन्यमान्य सहभागी थिए । अटिज्म भएका बालबालिका कार्यक्रममा उपस्थित थिए ।




.gif)





