images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एलआईसी नेपालको अवितरित हकप्रद सेयर लिलामी...

एलआईसी नेपालको अवितरित हकप्रद सेयर लिलामी बिक्रीमा

एलआईसी नेपालको अवितरित हकप्रद सेयर लिलामी बिक्रीमा

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आफ्ना बाँकी रहेका हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको छ।

    images
    images

    यसअघि कम्पनीले १ः०.८८४५१६८ अनुपातमा प्रति सेयर रू. १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । तर, सोमध्ये ४ लाख ९२ हजार ५७७ कित्ता सेयर बिक्री नभएकाले लिलामी प्रक्रियामार्फत पुनः बिक्री गर्ने तयारी गरिएको हो।

    सुरुमा पुस २ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो, जुन पर्याप्त आवेदन नआएपछि पुस १७ गतेसम्मको समय थप गरिएको थियो। तर, दोस्रो चरणसम्म पनि सबै सेयर बिक्री नभएपछि कम्पनीले लिलामी प्रक्रिया अपनाउने निर्णय गरेको हो।

    images
    images

    अब इच्छुक खरिदकर्ताले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस लिलामी प्रक्रियाको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ। 

    बोलपत्र फाराम तथा आवेदन कम्पनीका कार्यालय पुतलीसडकका साथै वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत, धनगढी शाखा र नेपाल एसबिआई मर्चेण्टको ठमेलस्थित कार्यालयमा बुझाउन सकिने व्यवस्था मिलाइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend