images

२०८३ आश्विन २४ गते

images
images
images

डा. स्वर्णिम वाग्लेले मुकुल ढकाललाई दिए ‘गँजेडीको ’ संज्ञा

डा. स्वर्णिम वाग्लेले मुकुल ढकाललाई दिए ‘गँजेडीको ’ संज्ञा

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकाललाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ‘गँजेडी’ संज्ञा दिएका छन् । ढकालले लगाएको आरोप बारे पत्रकारले प्रतिक्रिया माग्दा उनले ‘वाहियात’ बताए ।

    images
    images

    पूर्वमहामन्त्री ढकालले हालै एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टी उपसभापति डा. वाग्लेले नेपाललाई भारतको एउटा राज्य बनाउनुपर्ने कुरा गरेको दाबी गरेका थिए । यो कुराकानीको कुनै प्रमाण नरहेको तर, आफू ‘लाई डिटेक्टर मेसिन’ को सामना गर्न तयार रहेको उनको भनाइ थियो ।

    हिजो एक कार्यक्रमपछि डा. वाग्लेलाई एक सञ्चारकर्मीले प्रश्न राखे, ‘के यो आरोप सही हो ?’

    images
    images

    सिधै  नकार्दै वाग्लेले भने, ‘त्यो वाहियात हो । यस्ता वाहियात कुराको मैले कुनै जवाफ दिइरहनु पर्दैन । हाम्रो प्रवक्ताले नै जवाफ दिइसक्नुभएको छ ।’यस्तो गम्भीर आरोपमा पनि जवाफ नदिने ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘तपाईँ सडकका गँजेडीहरुले गरेका कानेखुसीको बारेमा… (जवाफ दिएर साध्य हुन्छ) ?’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend