images

२०८३ आश्विन १९ गते

images
images
images

'होस्टेल ३' को दोस्रो गीत 'मनमा अनौठो' सार्वजनिक (भिडिओ)

'होस्टेल ३' को दोस्रो गीत 'मनमा अनौठो' सार्वजनिक (भिडिओ)

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । सशान कँडेल निर्देशित फिल्म 'होस्टेल ३' को दोस्रो गीत 'मनमा अनौठो' सार्वजनिक भएको छ। शुक्रबार बिहान सार्वजनिक गीतमा फिल्मका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन्। गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ। यसको भिडिओको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन्। गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ। 

    images
    images

    'होस्टेल ३' नेपालको चर्चित फिल्म शृंखला 'होस्टेल' को तेस्रो संस्करण हो। फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका छन्। कथा निर्देशक कँडेलकै हो। यसमा क्याम्पस जीवनका संघर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ।फिल्ममा पारस र सिम्रनसँगै रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, समा पराजुलीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

    फिल्म सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो। निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शंकर कोइराला हुन्। सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन्।

    images
    images

    अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन्। फिल्मका संगीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन्, जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ।यो फिल्म फागुन २३ गतेदेखि प्रदर्शन हुँदैछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend