images

२०८३ आश्विन २४ गते

images
images
images

सरकारलाई राहत तथा उद्धारमा ध्यान दिन नैनसिंह महरको आग्रह

सरकारलाई राहत तथा उद्धारमा ध्यान दिन नैनसिंह महरको आग्रह

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौँ - कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढी पहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न सरकारलाई आग्रह गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौँसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु भएको टिप्पणी गरे।

    images
    images

    ‘सिंहदरबार कामकाजी अड्डा हो। त्यसलाई सोही अनुरूप प्रयोग गर्नुपर्छ। मन्त्रालयमा बसेर जनताको काम गर्नुपर्छ। सम्मानै थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्छ। जनता विपद्को सामना गरिरहनुभएको छ। यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ,’ उनले भने।

    दुई ठुला दल एक ठाउँमा आउँदा जनतामा आशा जागेको र जनअपेक्षा अनुसार काम गर्न नसकेमा कांग्रेस–एमालेप्रति जनतामा थप वितृष्णा पैदा हुने उनको चिन्ता छ।

    images
    images

    सिमलताल पहिरोमा पुरिएका दुई बस र कयौँ यात्रु अझैँ बेपत्ता रहेकोमा सरकारको सम्पूर्ण शक्ति खोजीमा केन्द्रित हुनुपर्छ।  ‘आत्मियजन गुमाउनेहरूको मानसिक अवस्था कस्तो भएको होला ? सरकार उनीहरूको आँगनसम्म पुग्न सक्नुपर्छ। बेपत्ताहरू फेला नपर्दा उहाँहरूका परिवारको सामान्य दैनिकीसमेत प्रभावित बनेको छ। सरकारले खोजी कार्यसँगै उहाँहरूको गाँस र बासको प्रबन्ध गरिदिनुपर्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend