images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • भरतपुर अस्पतालमा अब बिरामीले मोबाइलबाटै स्वास्थ्य...

भरतपुर अस्पतालमा अब बिरामीले मोबाइलबाटै स्वास्थ्य रिपोर्ट हेर्न सक्ने

भरतपुर अस्पतालमा अब बिरामीले मोबाइलबाटै स्वास्थ्य रिपोर्ट हेर्न सक्ने

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं । अब भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले क्यूआर कोड प्रयोग गरेर आफैले स्वास्थ्य रिपोर्ट लिन सक्ने भएका छन् ।

    images
    images

    अस्पतालले आजदेखि यो नयाँ सुविधा लागू गरेको हो । यसअन्तर्गत बिरामीलाई विभिन्न स्वास्थ्य जाँचको समय, नमुना सङ्कलन गर्दा क्यूआर कोड उपलब्ध गराइने छ । रिपोर्ट प्राप्त गर्न ल्याब रिड भेन्डिङ मेसिन प्रयोग गरिएको अस्पतालका इन्जिनियर चन्द्रमणि बस्यालले जानकारी दिए ।

    रिपोर्ट आउने समय भएपछि आफैले मेसिनमा क्यूआर कोर्ड इन्सर्ट गरेर रिपोर्ट प्रिन्ट गर्न सकिने उनले बताए । एक मिनेटमा तीन ओटासम्म रिपोर्ट प्रिन्ट गर्न सकिनेछ । त्यस्तै, स्मार्टफोन प्रयोगकर्ताले क्यामरामा स्क्यानरको माध्यमबाटै पीडीएफ फर्म्याटमा रिपोर्ट डाउनलोड गर्न सक्नेछन् ।

    images
    images

    भरतपुर अस्पतालमा सात लाख रुपैयाँको लागतमा उक्त मेसिन जडान गरिएको छ । यस अस्पतालमा दैनिक २,००० भन्दा बढीले ओपीडी सेवा लिन्छन् । क्यूआर कोडमार्फत रिपोर्ट लिने सुविधाले ल्याब रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने अपेक्षा गरिएको बस्यालले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend