images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सेबोनबाट एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र...

सेबोनबाट एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र जारी गर्न पायो अनुमति,बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

सेबोनबाट एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र जारी गर्न पायो अनुमति,बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।

    images
    images

    बैंकले ‘एभरेष्ट बैंक डिबेन्चर–२०९१’ जारी गर्ने अनुमति पाएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।

    कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासन गर्नेछ। एभरेष्ट बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५० प्रतिशत ब्याज पाउनेछन्।

    images
    images

    बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend