images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • एक्लोपनको कारण हुनसक्छ समयभन्दा पहिले मृत्यु...

एक्लोपनको कारण हुनसक्छ समयभन्दा पहिले मृत्यु !

एक्लोपनको कारण हुनसक्छ समयभन्दा पहिले मृत्यु !

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । एक्लोपनबाट धेरै रोगको जोखिम रहन्छ । यसले मुटुको रोग, स्ट्रोकलगायत धेरै शारीरिक र मानसिक स्वास्थ्यसम्बन्धी रोगहरूको जोखिम बढाउँछ ।एक्लोपनका कारण समयभन्दा अघि मृत्युसमेत हुनसक्छ । जब कोही व्यक्ति एक्लै बस्छ, उसले धेरै कुरा सोच्न थाल्छ । उसको दिमागमा सधैँ नकारात्मक विचारहरू आउँछ । जसका कारण मुटुको रोग र स्ट्रोकको जोखिम बढ्छ ।

    images
    images

    एक्लोपनबाट उच्च रक्तचापको जोखिम बढ्नसक्छ, जसको कारणले टाइप २ मधुमेहको जोखिम बढ्नसक्छ । एक्लै बस्ने व्यक्तिको प्रतिरक्षा प्रणाली क्रमशः कमजोर हुन थाल्छ । रोगको जोखिम पनि रहन्छ ।एक्लोपन हुँदा मानसिक स्वास्थ्य मात्र प्रभावित हुँदैन, यसबाट धेरै खतरनाक रोगहरू पनि हुन सक्छ ।

    सीडीसीमा प्रकाशित एक प्रतिवेदनअनुसार एक्लोपन कहिलेकाहीँ मृत्युको कारणसमेत बन्नसक्छ । त्यसैले यसबाट बच्नुपर्छ । आउनुहोस्, एक्लोपन कति खतरनाक छ ? यसबाट कुन–कुन रोगहरूको जोखिम रहन्छ ? यसबारे जानौँ ।

    images
    images

    सामाजिक चिन्ता

    एक्लोपनले सामाजिक चिन्ता निम्त्याउन सक्छ । यस्तो अवस्थामा मानिसहरू बाहिर निस्कन वा अरूसँग भेट्नु पर्दा चिन्तित हुन्छन् । उनीहरू अरूसँग कुरा गर्न हिचकिचाउँछन् । उनीहरूलाई अरूले के सोच्लान् भन्ने बारेमा डर लाग्छ । कहिलेकाहीँ उनीहरू बाहिर जान र अरूसँग भेट्न लाजमर्दो महसुस गर्छन् ।

    दीर्घ रोग

    एक्लोपनले विभिन्न प्रकारका दीर्घ रोगहरूको जोखिम बढाउन सक्छ । अनुसन्धानले देखाएको छ कि समाजबाट अलग रहनेमा उच्च रक्तचाप, मोटोपन र हृदयाघात हुने जोखिम धेरै हुन्छ ।

    मधुमेह

    खराब जीवनशैली र खानपानका कारण मधुमेहको समस्या तीव्र गतिमा बढिरहेको छ । तर एक्लै बस्नेहरूमा यसको जोखिम धेरै हुनसक्छ । उनीहरूलाई प्राय निद्राको समस्या पनि हुन सक्छ ।

    डिस्थाइमिया

    एक अध्ययनअनुसार एक्लोपनको डिस्थाइमियाको कारण बन्नसक्छ । यस अवस्थामा नराम्रा विचारहरू आउँछ । दिमागमा नकारात्मकता हुन सक्छ । यसले मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ । यसबाट क्रमशः आत्मविश्वास कम हुन थाल्छ ।

    कमजोर प्रतिरक्षा प्रणाली

    सधैँ एक्लै बस्दा प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ । यस्ता व्यक्तिहरू बारम्बार बिरामी हुन थाल्छन् । एक अनुसन्धानअनुसार एक्लोपनका कारण शरीरमा एन्टीबडी ठीक तरिकाले निर्माण हुन सक्दैन, जसकारण रोग लाग्नसक्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend