images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • जोशी हाइड्रोपावरको वार्षिक साधारण सभा मंगलबार,...

जोशी हाइड्रोपावरको वार्षिक साधारण सभा मंगलबार, लाभांश प्रस्तावबिना सेयरधनीको हात खाली

जोशी हाइड्रोपावरको वार्षिक साधारण सभा मंगलबार, लाभांश प्रस्तावबिना सेयरधनीको हात खाली

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडाैं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नवौं र दशौं वार्षिक साधारण सभा मंगलबार काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाईटमा बिहान १० बजे सुरु हुनेछ।

    images
    images

    सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का नाफा-नोक्सान सम्बन्धी छलफल हुनेछ। यस्तै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, साथै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा तय गरिएको छ।

    तर, यो साधारण सभामा लाभांश प्रस्ताव पेश नगरिएका कारण सेयरधनीहरूले यो पटक पनि कुनै लाभांश प्राप्त गर्ने छैनन्। कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार माघ २ गतेसम्म कायम सेयरधनीहरूले सभामा भाग लिन पाउनेछन्।

    images
    images

    लाभांशसम्बन्धी प्रस्ताव नआउँदा सेयरधनीहरूमा निराशा छाए पनि कम्पनीले आर्थिक विवरण र भविष्यका योजनाबारे स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend