images

२०८३ आश्विन १६ गते

images
images
images
  • पूर्वाधार
  • महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध, एम्बुलेन्स...

महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध, एम्बुलेन्स पनि चल्न पाएनन्

महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध, एम्बुलेन्स पनि चल्न पाएनन्

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । दार्चुला सदरमुकाम खलंगा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध भएको हो ।

    images
    images

    शुक्रबार सडक चौडा बनाउने क्रममा पहिरो खसेको थियो । पहिरोमा परी स्काभेटर चालक रेशम बुढामगर गम्भीर घाइते हुनुभएका थिए। उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । एक मात्रै मुख्य राजमार्ग अवरुद्ध बनेपछि साना तथा ठूला सवारीसाधन दुईतर्फ रोकिएका छन् । 

    धनगढी, महेन्द्रनगर, काठमाडौंबाट आउने बस तथा जीप किम्तडीबाट फर्किरहेका छन् । साथै मालवाहक ट्रक पनि रोकिएका छन् । खलंगामा रोकिएका बस, जीप बसपार्कमा थन्किएका छन् । एम्बुलेन्स पनि चल्न पाएका छैनन् । वैकल्पिक मार्ग नहुँदा खलंगासम्मको आवतजावत ठप्प भएको जनाइएको छ । सो लोकमार्ग अवरुद्ध हुँदा सदरमुकाम खलंगा अध्ययन गर्न आउने बालबालिका जोखिममा छन् ।  

    images
    images

    सदरमुकाम नजिकै रहेको सडक अवरुद्ध हुँदा बालबालिकाले जोखिम मोलेर आवतजावत गर्नु परेको अभिभावकको गुनासो छ । महेन्द्र नमूना मावि खलंगा र एसियन अकाडमीको स्कुल बस रोकिएका छन् । त्यसका कारण धाप, दत्तु, किम्तडीलगायत ठाउँबाट आउने विद्यार्थी मर्कामा परेका छन् । विद्यार्थीलाई भीरको बाटो हिँडाउँदा निकै जोखिम भएको महेन्द्र नमूना माविका प्रधानाध्यापक दामोदर जोशीले बताए । 

    यस्तै, जिल्ला प्रशासन कार्यालयले सडक खुलाउन सडक डिभिजन बैतडीलाई पत्राचार गरेको छ । आइतबार कार्यालयलाई सडक मर्मत तथा सञ्चालन गर्न पत्रचार गरिएको हो । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सडक चौडा गर्ने क्रममा खसेको पहिरोले सदरमुकाम खलंगासम्म आवतजावतमा कठिनाइ भई नागरिकको जनजीवन कष्टकर भएको बताए ।

    प्रशासनको पत्राचारपछि निर्माण व्यवसायीले एक–दुई दिनभित्र पैदल बाटो खुलाउने जनाएका छन् । सडक पूर्ण रूपमा सञ्चालन हुन भने केही समय अझै लाग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend