images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • अब क्युआर कोडसहितको ड्राइभिङ लाइसेन्स पनि...

अब क्युआर कोडसहितको ड्राइभिङ लाइसेन्स पनि जारी हुने नियमावली संशोधन

अब क्युआर कोडसहितको ड्राइभिङ लाइसेन्स पनि जारी हुने नियमावली संशोधन

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं ।  अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) क्युआर कोडसहितको भएपनि पुग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था नियमावलीमा संशोधन गर्दै क्युआर कोडसहितको ड्राइभिङ लाइसेन्स पनि जारी गर्न सकिने व्यवस्था गरेको हो । 

    images
    images

    संशोधन गरिएको नियमावलीमा भनिएको छ, ‘नियम २० बमोजिम दिइने चालक अनुमतिपत्र विद्युतीय परिचयपत्र इलेक्ट्रोनिक स्मार्ट कार्ड वा क्यूआर कोडसहितको कार्ड को रुपमा दिनुपर्ने छ।’यसको अर्थ सरकारले नयाँ लाइसेन्स जारी गर्दा क्यूआर कोडसहितको मात्र पनि जारी गर्न सक्नेछ । यसअघिसम्म सरकारले लाइसेन्सलाई स्मार्ट बनाउँदै चालक अनुमतिपत्र (विद्युतीय परिचयपत्र) इलेक्ट्रोनिक स्मार्ट कार्डको रुपमा उपलब्ध गराउँदै आएको थियो ।

    स्मार्ट लाइसेन्स पाउन वर्षो लाग्ने भएपछि क्युआर कोडसहितको परिचयपत्र जारी गर्न सक्ने व्यवस्था गरिएको हो । क्यूआर कोडसहितको लाइसेन्स कार्डले समयको बचत तथा स्मार्टकार्डको छपाईमा वर्षौं कुर्नुपर्ने बाध्यता अन्त्य गर्न सक्ने विश्वास गरिएको छ । 

    images
    images


     

     
     
     
     
     
     
     
     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend