काठमाडौं । पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी पुर्याउने म्याद थप भएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय सीमा थपिदिएको हो ।
गत पौषको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्ने समय १ वर्ष थप गरिदिएको हो ।
२०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बिमा कम्पनीहरुले एक वर्षभित्र २० अर्ब चुँक्त पुँजी पुर्याउनुपर्ने निर्णय गरेको थियो । उक्त समय सीमा थप भएसँगै अब २०८२ को माघ १७ गतेभित्र पुनर्बिमा कम्पनीहरु २० अर्ब चुक्ता पुँजी पुर्याउनु पर्नेछ । हाल नेपालमा नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि इन्सुरेन्स २ कम्पनीहरु पुनर्बिमा कम्पनीको रुपमा नेप्सेमा सूचीकृत छन् ।
यसरी सञ्चालनमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी हाल १३ अर्ब माथि रहेको छ । हिमालयन रि को चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ ।




.gif)





