images

२०८३ आश्विन २४ गते

images
images
images

द्रुतमार्गको भौतिक प्रगति ३५ प्रतिशत मात्र

द्रुतमार्गको भौतिक प्रगति ३५ प्रतिशत मात्र

images
images
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
  • काठमाडौँ । काठमाडौँ–तराई द्रुतमार्गको भौतिक प्रगति ३५.३८ प्रतिशतमा सीमित बनेको छ । निर्माणको समय गुज्रिने समय आइसक्दा समेत आर्थिक वर्ष २०८०/८१ सम्ममा कूल भौतिक प्रगति ३५.३८ प्रतिशत भएको हो ।

    images
    images

    द्रुतमार्ग निर्माणको ठेक्का पाएको नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार भौतिक प्रगति ३५.३८ प्रतिशत रहँदा वित्तीय प्रगति  ३६.३६ प्रतिशतमा सीमित छ । यो द्रुतमार्गको निर्माण २०८० वैशाख ५ गते नै सक्नुपर्ने हो । तर यो अवधिलाई थपेर २०८३ चैत मसान्तसम्म पुर्याइएको छ ।

    तर कामको तीव्रता हेर्दा थपिएको समयावधिमा समेत काम नसकिने प्रस्टिन्छ । हाल आयोजनालाई १३ वटा प्याकेजमा राखेर निर्माण भइरहेको छ । १३ प्याकेजमध्ये ६.५ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्मका प्याकेज १ देखि ७, ८ क, ८ ख, ९ क, ९ ख, र १० गरी १२ वटा प्याकेज निर्माणाधीन छन् ।

    images
    images

    आयोजना अन्तर्गत रहेका जम्मा ६ वटा सुरुङमध्ये हाल ३ वटा सुरुङ निर्माणाधीन छन् । अन्य ३ वटा सुरुङको डिजाइन तथा पूर्व तयारीका काम भइरहेका छन् । निर्माणाधीन निजगढ काठमाडौँतर्फको महादेवटार सुरुङको लम्बाई ३.३२२ किलोमिटर मध्ये हालसम्म २.०२९ किलोमिटर खन्ने काम सम्पन्न भएको छ ।

    यस्तै काठमाडौँ निजगढतर्फको लम्बाई ३.३८६ किलोमिटर सुरुङको २.२८८ किलोमिटर खन्ने काम सम्पन्न भएको छ । यो सुरुङको १ प्रतिशत खन्न बाँकी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend