images

२०८३ आश्विन २५ गते

images
images
images

घोराहीमा गत आर्थिक वर्ष ३४ करोड बढी राजस्व सङ्कलन

घोराहीमा गत आर्थिक वर्ष ३४ करोड बढी राजस्व सङ्कलन

images
images
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
  • घोराही।  दाङको घोराही उप महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड बढी राजस्व सङ्कलन गरेको छ। उपमहानगरपालिकाले एक वर्षमा ३६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको लक्ष्यभन्दा कम ३४ करोड ६८ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो। 

    images
    images

    उपमहानगरपालिकाले व्यवसाय कर, घरबहाल कर, मालपोत तथा सम्पत्ति करलगायत १९ वडा वडा कार्यालयसहित २० वटा काउन्टरबाट लक्ष्यभन्दा बढी १९ करोड ८३ लाख राजस्व सङ्कलन गर्न सफल भएको छ। मालपोतबाट प्राप्त हुने घरजग्गा रजिष्टेशनबाट १६ करोड ५० लाख उठाउने लक्ष्य राखेकोमा १४ करोड ८५ मात्र प्राप्त भएकाले लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन नसकेको घोराही उपमहानगरपालिका राजश्व शाखा प्रमुख कृष्ण केसीले जानकारी दिनुभएको छ। 

    शाखा प्रमुख केसीका अनुसार सबैभन्दा बढी नगरको राजश्व काउन्टरबाट आठ करोड ४१ लाख ६४ हजार तीन सय चार रुपियाँ ९१ पैसा, वडा नम्बर १५ बाट तीन करोड ४१ लाख ७८ हजार दुई सय ७८ पैसा र सबैभन्दा कम वडा नम्बर १९ बाट दुई लाख १५ हजार ८७ रुपियाँ ३९ पैसा राजस्व सङ्कलन भएको छ। 

    images
    images

    उपमहानगरपालिकाको आन्तरिक आयवृद्धिका लागि यस आर्थिक वर्षमा करको दायर तथा राजश्वको दरमा परिमार्जन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०७४/०७५ पछि उपमहानगरपालिकाले मालपोत, सम्पत्ति तथा व्यवसाय करमा वृद्धि नगरेको भन्दै उहाँले जिल्लाका अन्य पालिकाको करको दर भन्दा बढी नहुने गरी दररेटमा परिमार्जन गरिएको बताउनुभएको छ। 

    शाखा प्रमुख केसीका अनुसार घर निर्माण गर्दा नक्सापास अनिवार्य गरिएको भएपनि कतिपयले नक्सापास बिनै घर निर्माण गरिरहेकाले त्यस्ता घर अभिलेखीकरणका लागि छ गुणा बढी राजश्व लिने व्यवस्था गरिएको बताउनुभएको छ। उपमहानगरपालिकालाई आर्थिक रूपमा सशक्त बनाउन आन्तरिक श्रोत प्रमुख रहेकाले सबैलाई करको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभएको थियो। 

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend