images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२...

नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन

नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन

images
images
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • काठमाडौँ । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार शुक्रबार कार्यालय समय सकिँदा सम्म उक्त संख्यामा आवेदन प्राप्त भएको हो ।

    images
    images

    मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा खामबन्दि गरिएका आवेदनहरु जम्मा भएको छ । ‘एउटै फाइल एक–डेढ किलोका छन्’, महाशाखाका एक अधिकारीले भने ।

    अर्थमन्त्रालयका प्रवक्ता महेश्वर भट्टराईले पनि अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिको बैठक नबसे सम्म आवेदकहरुको विस्तृत विवरण प्राप्त नहुने बताएका थिए ।

    images
    images

    सिद्धबाबा सुरुङ मार्ग छिचोल्ने समारोहमा भाग लिन योजना आयोगका उपाध्यक्ष एवम् छनोट समितिका संयोजक शिवराज अधिकारी पाल्पा गएका छन् । उनी साँझसम्म काठमाडौँ फर्किएर बैठक बस्यो भने आजै बेलुका, नभए आइतबार मात्रै आवेदकहरुको विस्तृत विवरण बाहिर आउने प्रवक्ता भट्टराईले जानकारी दिएका थिए । तर, साँझ भने १२ वटा आवेदकको नाम प्रकाशन गरिएको छ ।

    आवेदन दिनेमा तत्कालिन बीमा समिति (प्राधिकरण)कै पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र प्राधिकरणकै निर्देशक कमलराज रेग्मी रहेका छन् ।

    यस्तै, अध्यापक, पत्रकार, कानून व्यवसायी एवम् विभिन्न निजी प्रतिष्ठानहरुमा उच्च व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका शरद ओझा तथा स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक रहेका दामोदर बसौलाको नाम सार्वजनिक भएको छ ।

    नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनीले पनि आवेदन दिएका छन् । त्यस्तै, डा। देवराज रोका, रमण नेपाल, विनोद काजी श्रेष्ठ, विक्रान्त पाण्डे, डिम प्रसाद पौडेल, बुद्ध काजी श्रेष्ठ रहेका छन् ।

    योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालयका सचिव रामप्रसाद घिमिरे सदस्य छन् भने र विज्ञ सदस्यमा ज्योतिचन्द्र ओझालाई राखिएको छ । उक्त समितिले पुस २६ गते एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिहरुले १५ दिनभित्र अर्थ मन्त्रालयमा आवेदन बुझाउन भनेको थियो ।

    उक्त म्याद आज शुक्रबार सकिएको छ । अब समितिले आवेदक मध्येबाट उनीहरुो योग्यता र कार्ययोजनालाई हेरेर तीन जनाको नाम मन्त्री परिषदमा सिफारिस गर्ने छ । तिनै ३ जना मध्येबाट कोही एक जनालाई मन्त्री परिषदले प्राधिकरण अध्यक्ष नियुक्त गर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend