images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • लघु निर्जीवन बीमाको ४२ करोड बढीको...

लघु निर्जीवन बीमाको ४२ करोड बढीको बीमा शुल्क संकलन, कुनको कति ?

लघु निर्जीवन बीमाको ४२ करोड बढीको बीमा शुल्क संकलन, कुनको कति ?

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं ।   चालू आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका चार लघु निर्जीवन बीमा कम्पनीहरूले ४२ करोड रुपैयाँभन्दा बढीको बीमा शुल्क संकलन गर्न सफल भएका छन्। 

    images
    images

    नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार, साउनदेखि पुस मसान्तसम्मको अवधिमा यी कम्पनीहरूले कुल ४२ करोड २९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

    यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले १२ करोड ४१ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको छ भने दोस्रो स्थानमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १० करोड ३७ लाख रुपैयाँ संकलन गरेको छ ।

    images
    images

    साथै, स्टार माइक्रोले ९ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । ट्रस्ट माइक्रो लाइफले पनि ९ करोड ६८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। ४ लघु निर्जीवन बीमकले १ लाख ६८ हजार ४७१ वटा बीमालेख जारी गर्दै ४२ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend