images

२०८३ आश्विन २५ गते

images
images
images

गत आर्थिक वर्ष भन्सार कार्यालयले लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन

गत आर्थिक वर्ष भन्सार कार्यालयले लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन

images
images
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
  • घोराही (दाङ) । दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

    images
    images

    कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा एक करोड ४० लाख ७६ हजार ९० राजस्व सङ्कलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए ।

    भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु एक करोड एक लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

    images
    images

    पछिल्लो समय दाङ आसपासका क्षेत्रमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ । यसरी आउने भारतीय पर्यटकहरुबाट भन्सार कार्यालयले दुईपाङ्ग्रे सवारी साधनको एक दिनको दुई सय र चारपाङ्ग्रे सवारी साधनबाट एक दिनको छ सय राजस्व लिने गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि एक करोड ६३ लाख छ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend