गत आर्थिक बर्षमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) झन्डै दोब्बरले बढेको छ । आव २०८०-८१ मा झन्डै ६२ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको थियो ।
उद्योग विभागका अनुसार गत आवमा ४०७ परियोजनामार्फत ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । आव २०८०-८१ मा ३८ अर्ब विदेशी लगानी प्रतिबद्धताको लक्ष्य रहेकामा ६१ अर्ब ९० करोड लगानी प्रतिबद्धता आएको हो ।
अघिल्लो आवमा ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो र सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ ।
गत आवमा आव २०७९-८० को तुलनामा २३ अर्ब ५० करोड रुपियाँभन्दा बढी वैदेशिक लगानी भित्रिएको हो । सरकारले गत वैशाख दोस्रो साता गरेको लगानी सम्मेलनसँगै बजेटमार्फत गरिएको नीतिगत सुधारले विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको हो । गत आवको असार महिनामा मात्र ४८ वटा परियोजना १७ अर्ब ४८ करोड ४७ लाख २० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । असारमा एउटा जलविद्युत् परियोजनामा १३ अर्ब लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।




.gif)





