images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • फागुन ११ बाट आशा लघुवित्तको...

फागुन ११ बाट आशा लघुवित्तको २० लाख बढी कित्ता सेयरको लकइन सकिँदै

फागुन ११ बाट आशा लघुवित्तको २० लाख बढी कित्ता सेयरको लकइन सकिँदै

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं ।  आशा लघुवित्त वित्तीय संस्थाको २० लाख बढी कित्ता सेयरको आउँदो फागुन ११ गतेदेखि लकइन अवधि सकिने भएको छ। 

    images
    images

    हाल संस्थाका संस्थापक सेयरधनीको १९ लाख ९९ हजार ३७५ कित्ता र कर्मचारीको १४ हजार ८५२.५० कित्ता गरी २० लाख १४ हजार २२७.५० कित्ता सेयर लकइनमा राखिएको छ।

    साबिकको राष्ट्र उत्थान (हाल आशा) लघुवित्तले २०७८ फागुन ४ देखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री गरेको थियो। आइपीओ १२ गते बाँडफाँड गरेको थियो।

    images
    images

    यसरी सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको सेयर लकइनमा राख्नुपर्ने  व्यवस्था छ। सोहीबमोजिम आशा लघुवित्तले पनि उक्त सेयर लकइनमा राखेको छ।

    लकइन अवधि सकिएपछि कर्मचारी र संस्थापकले होल्ड गरेको सेयर कारोबार गर्न सक्नेछन्। यद्यपि कम्पनीको सञ्चालक सदस्य र उच्च तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नपाइने बताएको छ।आशा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend