images

२०८३ आश्विन १९ गते

images
images
images

‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ नेपालसहित विभिन्न देशको ट्रेन्डिङमा

‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ नेपालसहित विभिन्न देशको ट्रेन्डिङमा

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं । आगामी फागुन २३ गते रिलिज हुने चलचित्र ‘होस्टेल ३’को केही दिन अघि सार्वजनिक गरिएको गीत ‘टिक टिक टिक’ले लोकप्रियता पाइरहेको छ ।

    images
    images

    रिलिजको केही घण्टादेखि नै युट्युबको ट्रेन्डिङमा पुगेको यो गीतलाई युट्युब लगायतका विभिन्न सोसल मिडिया प्लेटफर्महरूमा व्यापक भ्युज तथा सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् । हाल यो गीतको युट्युब भ्यूज करिब १० लाख छ ।

    हाल नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १० मा रहेको यो गीत नेपालीहरूको उल्लेख्य बसोबास रहेका देशहरू कतारमा नवौँ, युएईमा पच्चीसौँ र कुवेतमा एक्काइसौँ स्थानमा रहेको छ । यस गीतमा दसौँ हजारको सङ्ख्यामा टिकटिक र रिल्स बनेका छन् । विशेषतः गीतको मुखडा ‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ टिकटिक र रिल्समा चर्चित बनेको छ ।

    images
    images

    यस गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्य रहेको छ, जसमा चार मुख्य अभिनेताहरू पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् । यसमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ । यसमा अलमोडासँगै सन्तोष राणाले र्‍याप भोकल दिएका छन् । गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

    ‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ । चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।

    अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् । चलचित्रका सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन्, जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।यो चलचित्र फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend