images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • महोत्तरीमा चिसोले श्वासप्रश्वासका बिरामी बढे,अस्पतालमा बिरामीको...

महोत्तरीमा चिसोले श्वासप्रश्वासका बिरामी बढे,अस्पतालमा बिरामीको चाप

महोत्तरीमा चिसोले श्वासप्रश्वासका बिरामी बढे,अस्पतालमा बिरामीको चाप

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं ।  निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन्। जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन्।सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ। सात दिनयता दैनिक १०० भन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा।विकासकुमार साहले बताए। चिसोले दमका बिरामी बढेको उनले बताए। उपचारार्थ आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका बढी छन्।

    images
    images

    बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन्। माघ लागेसँगै दैनिक ११० देखि १२५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुदीपकुमार ठाकुरले जानकारी दिए। यहाँ उपचारार्थ आउनेमा महिलाको सङ्ख्या बढी रहेको ठाकुरले बताए।

    जिल्लाका गौशाला र दक्षिवर्ती सम्सीस्थित प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिए।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend