images

२०८३ आश्विन २५ गते

images
images
images

१८ करोड ८७ लाख राजस्व ताप्लेजुङमा सङ्कलन

१८ करोड ८७ लाख राजस्व ताप्लेजुङमा सङ्कलन

images
images
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
  •  ताप्लेजुङमा आर्थिक वर्ष २०८०-८१ मा झण्डै उन्नाइस करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा कुल १८ करोड ८७ लाख २८ हजार ८१६ रुपियाँ राजस्व सङ्कलन भएको हो ।

    images
    images

    कोष नियन्त्रक गणेशकुमार पोखरेलका अनुसार सङ्कलित कुल राजस्व रकममध्ये सङ्घीय कार्यालयहरुको १८ करोड १० लाख ५६ हजार ३६४ रुपियाँ रहेको छ । त्यस्तै प्रदेश मातहतका कार्यालयहरुबाट ७६ लाख ७२ हजार ४५२ रुपियाँ राजस्व सङ्कलन भएको कोष नियन्त्रक पोखरेलले जानकारी दिनुभयो । 

     प्रदेश मातहतका कार्यालयअन्तर्गत डिभिजन वन कार्यालयबाट सबैभन्दा बढी ५९ लाख १९ हजार ३०३ रुपियाँ राजस्व सङ्कलन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयबाट ११ लाख १५ हजार रुपियाँ, जिल्ला अस्पतालबाट दुई लाख ५७ हजार ९७ रुपियाँ र कृषि ज्ञान केन्द्रबाट एक लाख ४२ हजार १०४ रुपियाँ राजस्व सङ्कलन भएको छ । सबैभन्दा न्यून जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत नौ हजार ३५० रुपियाँ मात्र राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

    images
    images

    उहाँका अनुसार सङ्घीय मातहतका विभिन्न २० वटा कार्यालयमध्ये सबैभन्दा बढी नौ करोड ४३ लाख ५० हजार ५८५ रुपियाँ कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत नै सङ्कलन भएको पाइएको छ। कर कार्यालय नरहेको जिल्ला भएकाले कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत बढी राजस्व सङ्कलन भएको कोष नियन्त्रक पोखरेलले बताउनुभयो ।

    यस्तै, जिल्ला प्रशासन कार्यालयमार्फत् एक करोड ९१ लाख नौ हजार ५० रुपियाँ राजस्व सङ्कलन भएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाबाट ३१ लाख ४८ हजार ४६७ रुपियाँ, शिक्षा विकास तथा समन्वय इकाइबाट २४ लाख ३३ हजार ४३३ रुपियाँ, जिल्ला अदालतबाट २२ लाख २८ हजार ७८५ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

    ओलाङ्चुङगोला भन्सार कार्यालय, सीमा प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायत विभिन्न छ वटा सङ्घीय मातहतका कार्यालयको राजस्व शून्य रहेको पनि कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सङ्घीय मातहतकै उत्तर दक्षिण (मुलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयको पनि पाँच करोड ६३ लाख ३५ हजार २७९ रुपियाँ रकम राजस्व खातामा जम्मा भएको छ । उक्त रकम भने विभिन्न योजनामा दिएको पेश्की बजेटको काम नभई फिर्ता गरेको रकम भएको कोष नियन्त्रक पोखरेलको भनाइ छ ।   

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend