images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • काठमाडौँ महानगर ज्येष्ठ नागरिकले सेवन गर्ने...

काठमाडौँ महानगर ज्येष्ठ नागरिकले सेवन गर्ने औषधिको लागत सङ्कलन गर्दै

काठमाडौँ महानगर ज्येष्ठ नागरिकले सेवन गर्ने औषधिको लागत सङ्कलन गर्दै

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घरोगसम्बन्धी औषधिको लगत सङ्कलन गरिरहेको जनाइको छ ।

    images
    images

    महानगरमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई कस्तो किसिमको रोग लागेको छ र उनीहरूलाई कस्तो औषधि दिन सकिन्छ भन्ने जानकारी लिनका लागि लगत सङ्कलन गरिरहेको महानगरअन्तर्गतको स्वास्थ्य विभागको भनाइ छ । उनीहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित गत पुस २२ गतेदेखि परिपत्र गरी लगत सङ्कलन गरिरहेको विभागले जनाएको छ ।

    “कामपामा रहेको ३२ वटै वडाको विवरण प्राप्त भएपछि उहाँहरूको स्वास्थ्य प्रवद्र्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ”, विभागका प्रमुख दीपक केसीले भने ।

    images
    images

    मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । अहिलेसम्म एक हजार चार सय ९६ जनाको विवरण प्राप्त भइसकेको छ । उनीहरूमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरिरहेको छ ।

    महानगरपालिकाभित्रै बसोबास गरिरहेका ७० वर्ष उमेर पूरा भएका नागरिकले परिवारका सदस्य वा सहयोगीमार्फत नजिकैको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा विवरण टिपाउन सकिने महानगरको भनाइ छ । विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ३७ हजार ६ सय ५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको सङ्ख्या २३ हजार सात सय ७० जना छ । महानगरको विवरणमा एक सय १० वर्ष उमेरको व्यक्ति समेत भएको तथ्याङ्क छ ।

    साथै एक सय वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ४७ छ । साथै ९० देखि ९९ वर्षसम्मका आठ सय ६४, ८० देखि ८९ वर्षसम्मका पाँच हजार चार सय ८३ र ७० देखि ७९ वर्षसम्मका व्यक्तिहरुको सङ्ख्या १७ हजार तीन सय ७४ छ । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend