images

२०८३ आश्विन २१ गते

images
images
images

स्याङ्जाका ९ हजार ३१९ जना किशोरीलाई ‘एचपीभी’ खोप दिइने

स्याङ्जाका ९ हजार ३१९ जना किशोरीलाई ‘एचपीभी’ खोप दिइने

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • स्याङ्जा ।   स्याङ्जाका किशोरीलाई लक्षित गर्दै माघ २२ देखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। स्याङ्जाका ११ पालिकाका ९ हजार ३१९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग गरिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको हो। 

    images
    images

     एचपीभी अभियानका लागि सरकारले पहिलो पटक खोप लगाउन लागेको हो। यहाँका १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई एचपीभी खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईले जानकारी दिए।  

    प्रमुख चापागाईले भने,'यहाँका ५ नगरपालिकासहित ६ गाउँपालिकामा अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्राहरू र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइनेछ।’ तीमध्ये कक्षा ६ मा अध्ययरत १ हजार ८७७ जना छन् भने कक्षा ७ देखि १० सम्म अध्ययरत छात्राको संख्या ७ हजार ४११ छ। बिद्यालय नगएका मध्ये १० वर्ष उमेरका ७ जना र ११ देखि १४ वर्ष उमेरका २४ जना रहेको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ। 

    images
    images

    पुतलीबजार नगरपालिका १ हजार ७२०,वालिङ्का १ हजार ९८०,गल्याङका १ हजार १११ जना,चापाकोटका ८९० र भीरकोटका ८३३ जना किशोरीले खोप लगाउनेछन्। यसैगरी, फेदीखोलाका ४६४, आँधीखोलाका ३९९, हरिनासका ४६१, बिरुवाका ४२६,अर्जुनचौपारीका ४३७ र कालीगण्डकीका ५९८ जना किशोरी छन्। एचपीभी खोप लगाउँदा एचपीभीको सङ्क्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend