images

२०८३ आश्विन २५ गते

images
images
images
घरजग्गा कारोबार

आर्थिक बर्ष ०८०/८१ : कस्तो रह्यो घरजग्गाको कारोबार ?

आर्थिक बर्ष ०८०/८१ : कस्तो रह्यो घरजग्गाको कारोबार ?

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले सूचकहरू सकारात्मक हुँदाहुँदै पनि घरजग्गा कारोबार सामान्य बढेपनि पहिलेकै अवस्थामा आउन नसकेको देखाउँछ ।

images
images
बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • काठमाडौंँ । आर्थिक बर्ष २०८०/८१ मा लामो समय सुस्ताएको घरजग्गा कारोबार जेठ महिनाबेही मात्राको बढेको थियो । तर, आजको अन्तिम महिना साउनमा भने कारोबार जेठको तुलनामा ३२.४४ प्रतिशतले घटेको छ । 

    images
    images

    भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले सूचकहरू सकारात्मक हुँदाहुँदै पनि घरजग्गा कारोबार सामान्य बढेपनि पहिलेकै अवस्थामा आउन नसकेको देखाउँछ । 

    तथ्याङ्क अनुसार आर्थिक बर्ष ०८०/८१ को माघ महिनाबाट स्थिर रहेको कारोबार जेठ महिनामा ह्वात्तै बढेको थियो । तर, असारमा भने घटेको देखिएको छ । असारमा देशभर ४६ हजार १ सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्याङ्कले देखाएको छ । 

    images
    images

    यो गत वर्ष सोही महिनाको तुलनामा सामान्य बढेको हो । गत वर्ष असारमा पनि देशभर ४४ हजार चार सय ८५ संख्यामा घरजग्गा कारोबार भएको थियो । 

    तर, अघिल्लो जेठ महिनाको तुलना गर्ने हो भने असारमा भएको कारोबार ३२.४४ प्रतिशतले घटेको हो । जेठमा देशभरबाट ६१ हजार १ सय ६१ संख्यामा घरजग्गा कारोबार भएको थियो । 

    कुन महिनामा कतिको भयो कारोबार ? 

    1.JPG

    असार महिनामा भएको घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ७२ करोड ४७ दुई सय २४ रुपैयाँ पुँजीगत लाभकर आर्जन गरेको छ भने रजिष्ट्रेसन दस्तुरबापत २ अर्ब ९५ करोड ५३ लाख १२ हजार ३४९ रुपैयाँ रकम संकलन गरेको छ ।

    जेठ महिनामा भएको घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ५६ करोड ८८ लाख ८७ हजार ९३० पुँजीगत लाभकर आम्दानी गरेको थियो भने २ अर्ब ८१ करोड ९२ लाख ९७ हजार १२५ रुपैयाँ रजिष्ट्रेसन आम्दानी गरेको थियो ।

    गत आवको असार महिनामा ४४ हजार ४८५ वटा घरजग्गाको लिखत पारित भएको थियो । जसबापत सरकारले १ अर्ब ५८ करोड ३६ लाख ८२ हजार ७५७ रुपैयाँ र रजिष्ट्रेसन शुल्कबापत २ अर्ब ६१ करोड ४१ लाख ५८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो ।

    विभागका अनुसार गत आवको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६, असोज महिनामा ३९ हजार ८८१ र कात्तिक महिनामा २६ हजार ४६ सङ्ख्यामा घरजग्गाको लिखत पारित भएको थियो । 

    त्यस्तै, सोही आवको मंसिर महिनामा ४१ हजार ८५१, पुस महिनामा ४५ हजार २७५, माघ महिनामा ५० हजार ९२१, फागुन महिनामा ५० हजार ९९८, चैत महिनामा ५० हजार २५२ र वैशाख महिनामा ४९ हजार ७८२ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

    कुन महिनामा कति भयो राजस्व संकलन ? 

    2.JPG

    कुन मालपोत कार्यालयबाट कति संकलन भयो ? 

    असार महिनामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्नेमा भक्तपुर मालपोत कार्यालय छ । असारमा भक्तपुर मालपोत कार्यालयले लगनखेललाई पछिपादै ५४ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जेठ महिनामा भक्तपुरले ३३ करोड ४९ लाख रुपैेयाँ राजस्व उठाएको थियो । 

    यता, लगनखेल मालपोत कार्यालयले असारमा ५० करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको भने डिल्लीबजार मालपोत कार्यालयले असारमा भने ४४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जेठ महिनामा लगनखेलले ४४ करोड १३ लाख र डिल्लीबजारले २८ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । 

    यस्तै, कलंकीले २७ करोड ६६ लाख, चाबहिलले २४ करोड ३३ लाख, इनरुवाले १४ करोड ५० लाख, चितवनले १४ करोड, पर्साले १२ करोड ८६ लाख। साँखुले १२ करोड ४२ लाख, बुटवलले ११ करोड ५४ लाख, विराटनगरले १० करोड ८४ लाख र रुपन्देहीले १० करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

    गएको चार आवको कारबार स्थिति

    लिखत पारितका हिसाबले हेर्दा आव २०७६÷७७ मा १२ लाख १२ हजार २३० घरजग्गा लिखत पारित हुँदा २६ अर्ब ३७ करोड ६८ लाख रुपैेयाँ राजस्व संकलन भएको थियो । 

    आव २०७७÷७८ मा १७ लाख २८ हजार १४० घरजग्गा कारोबार हुँदा ५३ अर्ब सात करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । आव २०७८÷७९ मा सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ । उक्त वर्ष १८ लाख १४ हजार ७३९ घरजग्गा कारोबार भएको छ । त्यस कारोबारबाट ६८ अर्ब १८ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    आव २०७९÷८० मा झण्डै २६ प्रतिशतले घटेर १३ लाख ३६ हजार छ सय ३३ घरजग्गा कारोबार भएको छ । त्यसबाट ३७ अर्ब ७५ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend