images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ्ग सिस्टममा अराजक गतिविधिहरू भइरहेका छन्ः...

बैंकिङ्ग सिस्टममा अराजक गतिविधिहरू भइरहेका छन्ः गभर्नर अधिकारी

बैंकिङ्ग सिस्टममा अराजक गतिविधिहरू भइरहेका छन्ः गभर्नर अधिकारी

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग सिस्टममा आएको अराजकताका बारेमा सरोकारवालाहरुसँग छलफल गरिरहेको बताएका छन् ।

    images
    images

    सोमबार काठमाडौँमा आयोजित कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकिङ्ग क्षेत्रमा आएको अराजकताले दीर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् ।

    उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उस्काउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाउँमा छ । यस्ता चुनौतिहरू भए पनि बैंकका साथीहरू खट्नु भएको छ । हामीले पनि निरन्तर रूपमा सम्बन्धित निकायहरूमा बैंकिङ्ग सिस्टममा यो अराजकताको असर कति ठूलो छ । दीर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौँ । र यस विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको छ । यस्ता विषयहरू सधैँ रहँदैनन् । समाधान हुँदै जान्छन् ।’

    images
    images

    यसका साथै, पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरू व्यवस्थित हुँदै गएको बताए । उनले भने, ‘समग्र रूपमा अर्थतन्त्रका आधारभूत कुराहरु एकदमै राम्रो देखिन्छन् । हामी बाह्य ए क्षेत्रमा सबल छौँ । मुद्रास्फीति पनि धेरै हदसम्म बढेको छ । पछिल्लो महिना बाढीपहिरोको कारण असर परेको हो, जसका कारण खाद्य र पेय पदार्थको मुद्रास्फीति बढेको छ । तर पनि औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ । बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थित छन् ।’

    उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरु आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुँदा निरुत्साहित नहुन पनि आग्रह गरेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend