images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • अगस्टको पहिलो सातामा राष्ट्रपति मनोनयन गर्ने...

अगस्टको पहिलो सातामा राष्ट्रपति मनोनयन गर्ने डेमोक्रेटहरूको लक्ष्य, बाइडेनलाई प्रतिस्पर्धा नगर्न केहीको दबाब

अगस्टको पहिलो सातामा राष्ट्रपति मनोनयन गर्ने डेमोक्रेटहरूको लक्ष्य, बाइडेनलाई प्रतिस्पर्धा नगर्न केहीको दबाब

images
images
बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो विनाशकारी बहस प्रदर्शनपछि प्रतिस्पर्धा नगर्न आफ्ना पार्टीका केही आह्वानलाई राष्ट्रपति जो बाइडेनले अस्वीकार गरेपछि डेमोक्रेटहरूले अगस्टको पहिलो सातामा उहाँलाई पार्टीको उम्मेदवार बनाउन भर्चुअल मतदान गर्न खोज्नेछन् । 
     
    एपीले बुधबार प्राप्त गरेको सदस्यहरूलाई पठाइएको पत्रअनुसार डेमोक्रेटिक नेसनल कन्भेन्सनको नियम समितिले यसका योजनाहरूबारे छलफल गर्न शुक्रबार बैठक गर्नेछ र अर्को साता त्यसलाई अन्तिम रूप दिनेछ ।
     
    समितिका सह–अध्यक्ष विशप लेह डि. डौट्री र गभर्नर टिम वाल्जको पत्रमा भर्चुअल मतदान अगस्ट १ भन्दा अघि नहुने तर पार्टी अझै पनि अगस्ट ७ अघि मतदान गर्न प्रतिबद्ध रहेको उल्लेख छ । अगस्ट ७ ओहायोको फाइल गर्ने अन्तिम मिति थियो ।
     
    “हामी हतारमा भर्चुअल मतदान प्रक्रिया लागु गर्नेछैनौँ, यद्यपि भर्चुअल मतदान प्रक्रियाले कसरी काम गर्नेछ भन्नेबारे हाम्रो महत्त्वपूर्ण विचार सुरु गर्नेछौँ”, डौट्री र वाल्जले पत्रमा लेख्नुभएको छ । 
     
    बाइडेन ओहायोमा मतदानका लागि योग्य हुनुहुन्छ भन्ने सुनिश्चित गर्न प्रारम्भिक रोल कल राख्ने घोषणा पार्टीले मे महिनामा गरेको थियो । यसको मूलरूपमा अगस्ट ७ को समयसीमा थियो तर ओहायोले त्यसका नियमहरूमा परिवर्तन गरेको छ ।
     
    बाइडेनको अभियानले पार्टीले ओहायोको प्रारम्भिक नियमहरूअन्तर्गत काम गर्नुपर्छ भनेर सुनिश्चित गर्न रिपब्लिकन सांसदहरूले राष्ट्रपतिलाई मतदानबाट टाढा राख्न कानूनी चुनौतीहरू खडा गर्न नसक्नेमा जोड दिएको छ । 
     
    हाउस डेमोक्रेटको एक दलले बाइडेनलाई पुनः निर्वाचनका लागि पार्टीको छनोटका रूपमा तुरुन्तै मनोनयन गर्न सावधानीपूर्वक भर्चुअल रोल कलको योजनाबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको एक दिनपछि उक्त पत्र आएको हो । 
     
    डेमोक्रेटिक नेसनल समितिलाई अहिलेसम्म नपठाइएको उनीहरूको पत्रले प्रारम्भिक रोल कल मतदानका साथ पार्टीको उम्मेदवारका बारेमा बहसलाई दबाउनु ‘भयानक विचार’ हुने उल्लेख छ । एपीलाई प्राप्त पत्रमा भनिएको छ, “यसले डेमोक्रेटहरूको मनोबल र एकतालाई गहिरोरूपमा कमजोर बनाउन सक्छ ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend