images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने...

भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने ?

भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने ?

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । सामान्यतया: कुनै पनि बच्चा गर्भमा रहेदेखि ३७ हप्तामा जन्मेको बच्चालाईलाई राम्रो मानिन्छ । समय पुगेर जन्मेको बच्चालाई ‘टर्म’ अर्थात् समय पुगेर जन्मेको बच्चा भनिन्छ । यस्तै कुनै बच्चाहरू समय नपुगीकन पनि जन्मिरहेका हुन्छन् । 

    images
    images

    यस्तो बच्चालाई प्रिटम अर्थात् समय पुग्नुभन्दा पहिल्यै जन्मेको बच्चा भनिन्छ । नियो नेट (नवजात) भन्नाले बच्चा जन्मेदेखि ३० दिनसम्मको बच्चालाई भनिँदै आएको छ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले गर्भ रहेको २७ हप्तादेखि पछि जन्मेका बच्चालाई  नियो नेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयु) मार्फत उपचार गर्दै आएको छ।

    बच्चा जन्मने सामान्यतया समय भनेको बच्चा गर्भमा रहेको ३७ हप्ता भए पनि सोभन्दा ढिलो वा चाँडो जुनसुकै बेला पनि जन्मन सक्ने हुन्छ । नवजात शिशु (भर्खरै जन्मेको बच्चा) लाई विभिन्न रोगहरू देखिने गरेको पाइन्छ । भर्खरै जन्मेका नियो नेट बच्चाको मुटु, फोक्सो, आन्द्रा, किड्नी, कलेजोलगायतमा समस्या देखिने गरेको पाइन्छ । सो बाहेक बच्चाहरूमा इन्फेक्सन समेत बढी मात्रामा हुने गरेको छ । 

    images
    images

    अस्पतालमा जन्मेका बच्चालाई नियो नेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयु) मार्फत उपचार गरिँदै आए पनि कहिलेकाहीँ बाहिर जन्मेका बच्चाहरू ईन्फेक्सनका कारण पनि अस्पतालमा आउने गरेका छन् । नवजात बच्चाहरूमा निमोनिया, पिसाब, मेनेन्जाइटिस (दिमागको इन्फेक्सन) लगायतको समस्या पनि उत्तिकै मात्रामा देखिने गरेको छ । यस्तै, जन्मिने बित्तिकै जन्डिसका बिरामी पनि धेरै मात्रामा अस्पताल आउने गरेको पाइन्छ । उक्त समस्या देखिएका बिरामीलाई ग्राण्डी अस्पतालले सुविधा सम्पन्न उपकरणबाट उपचार गर्दै आएको छ । 

    भर्खरै जन्मेका बच्चालाई न्यानो बनाउने साथै आद्रतालाई समेत सन्तुलनमा राखेर उपचार गरिन्छ । उक्त उपकरणलाई (इन्कोभेटर) समेत भन्ने गरिन्छ । महिना र तौल कम भएको बच्चालाई उक्त उपकरणमा राखेर उपचार गरिँदै आएको छ । यसका अलावा रेडियन्ट वार्मर (बच्चालाई न्यानो बनाएर राख्ने मेसिन) मा समेत राखेर उपचार गरिँदै आएका छौँ । जन्डिस भएका बच्चालाई फोटो थेरापी मेसिनमा राखेर उपचार गर्दै आएका छौँ । त्योबाहेक भेन्टिलेटर, सि प्याप, हाइफ्लो नेजल क्यानोलाबाट उपचार गरिन्छ । श्वासप्रश्वासमा गारो भएका बच्चालाई समेत उपचार गछौँ । 

    ग्राण्डीमा इन्फेक्सन, जन्डिसलगायतका बच्चाको डिस्चार्ज गरेर जाने रेट ९० प्रतिशतभन्दा बढी रहेको छ । यसबाहेक अस्पतालले गर्भ संस्कार कक्षासमेत सञ्चालन गर्दै आएको छ । गर्भ संस्कार कक्षामा अस्पतालका डाक्टर तथा नर्सले गर्भवती महिलालाई स्तनपानको बारेमा सिकाउने, बच्चा जन्मेदेखि आधा घण्टादेखि कुन समयमा कसरी दूध खुवाउने बारेमा सिकाउने गर्नुहुन्छ । अप्रेसन गरेर बच्चा जन्माउनुभन्दा नर्मल डेलिभरी गरेका बच्चाका आमाहरु चाँडो निको हुने र स्वास्थ्य हुने भएकाले नर्मल डेलिभरीका लागि अस्पतालले जोड दिँदै आएको छ । बच्चा जन्माएर घर जाने बच्चाका आमा तथा उनका परिवारलाई स्तनपानको बारेमा जानकारी गराएर पठाउने गरेका छौँ । 

    रुघाखोकी, निमोनिया र झाडापखाला भएका बालबालिकाहरु बढी मात्रामा अस्पतालमा आउने गरेका छन् । कुनै पनि बच्चा बिरामी भएपछि सुरुमा मेडिकल लैजाने गरिन्छ । मेडिकलले तत्काल बच्चालाई ठिक पार्नका लागि जथाभाबी रूपमा एन्टोबायोटिक औषधी दिने गर्दछ ।यसरी सुरुमै एन्टोबायोटिक औषधी प्रयोग गर्दा बालबालिकालाई समस्या हुने गरेको छ । धेरैजसो  बालबालिकामा हुने रोग भाइरल भएकाले केही समयमा आफैँ निको हुने हुन्छ । मेडिकलले जथाभाबी रूपमा एन्टोबायोटिक चलाएर ठिक नभएपछि अस्पतालमा आउँदा एन्टोबायोटिक पुनः चलाउने कि बन्द गर्ने भन्ने दोधारमा डाक्टरहरू परेका हुन्छन् । त्यसैले बालबालिकामा एन्टोबायोटिक चलाउँदा ख्याल गर्नुपर्ने हुन्छ ।

    बालरोग विशेषज्ञ _ डा. रमिता श्रेष्ठ

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend