images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न...

आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न सरकारको निर्देशन

आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न सरकारको निर्देशन

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौँले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु  बिक्री–वितरण नगर्न निर्देशन दिएको छ।कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो। 

    images
    images

    कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न निर्देशन दिएको जानकारी दिइन्। आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधको क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने अधिकृत खनालले बताइन्।

    “विभिन्न औषधि पसल तथा अन्य पसलमा विभिन्न ‘ब्रान्ड’का आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने र सामाजिक सञ्जालको माध्यमबाट उक्त वस्तुलाई प्रवद्र्धन गर्ने गरेको पाइएको छ”, उनले भनिन्।कार्यालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको (बिक्री–वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को पालना गर्न तथा आमा र शिशुको स्वास्थ्य अधिकार प्रवद्र्धन गर्न सबैलाई आग्रह गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend