काठमाडौं । नेपाल धितोपत्र बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई आइपीओ निष्कासनको अनुमति दिएको छ ।बोर्डले कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आइपीओ निष्कासनका लागि माघ ३ गते अनुमति दिएको हो । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गरिब तथा निमुखा वर्गलाई लक्षित गर्दै तिनीहरूलाई वित्तीय सुरक्षाको पहुँचमा पु(याउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।




.gif)





