images

२०८३ आश्विन २२ गते

images
images
images

यस्ता छन् 'सोलो ट्राभल' गर्नुका पाँच फाइदा

यस्ता छन् 'सोलो ट्राभल' गर्नुका पाँच फाइदा

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं ।  यात्रा गर्ने समयमा प्राय: हामी साथीसँग वा परिवारका सदस्यसँग जाने सोच बनाइरहेका हुन्छौं। परिवार वा साथीभाइसँग यात्रा गर्दा रमाइलो हुन्छ। एकअर्का गफिँदै यात्रा गर्नुको मजा पनि छुट्टै हुन्छ।तर आजभोलि 'सोलो ट्राभल' (एक्लै घुम्न जाने) युवा जमात पनि बढिरहेका छन्। 'सोलो ट्राभल' गर्नुको आफ्नै फाइदा छ।

    images
    images

    के तपाईं पनि 'सोलो ट्राभल' जाने बारे सोचिरहनु भएको छ? कहिल्यै 'सोलो ट्राभल' नगरेका यात्रीलाई डर, चिन्ता र असुरक्षित महसुस पनि हुन सक्छ।तर आज हामी तपाईंलाई 'सोलो ट्राभल' गर्नुका फाइदाबारे जानकारी दिन्छौं। त्यसले तपाईंको जिन्दगी नै पनि फेरिदिन सक्छ।

    आफैँलाई बुझ्ने मौका

    images
    images

    जब तपाईं यात्राका लागि एक्लै निस्कनु हुन्छ। यात्रामा आइपर्ने कठिनाईसँग एक्लै जुध्नु हुन्छ। यसले तपाईंलाई आत्मनिर्भर बनाउँछ।

    आत्मविश्वास बढ्ने 
    एक्लै यात्रा गर्दा एक्लोपनसँग लड्न मद्दत गर्छ। जब तपाईं बाटोमा एक्लै डरको सामना गर्नुहुन्छ तब तपाईंमा आत्मविश्वास बढ्दै जान्छ।

    मानसिक तनाब कम गर्ने 
    एकल यात्रा मानसिक तनाब कम गर्ने उपाय हो। एक्लै यात्रा गर्दा मनमा शान्ति छाउछ। एकल यात्रा गर्दा तपाईं पक्कै पनि नयाँ ठाउँमा जानुहुन्छ यसले तपाईंको सृजनशीलता बढाउँछ।

    व्यक्तिगत विकास 
    यात्राको समयमा आउने सक्ने समस्याका कारण तपाईंमा चुनौती सामना गर्न सक्ने क्षमतामा सुधार आउन सक्छ। एक्लै यात्रा गर्दा तपाईं स्वतन्त्रताको अनुभूति गर्नुहुने छ र आफ्नो फैसला आफैँ गर्न सक्नु हुनेछ।

    अविस्मरणीय क्षण

    यात्राभरि तपाईं आफूलाई समय दिनुहुने छ। एक्लै यात्रा गर्दा तपाईंलाई यस्तो अनुभूति हुनेछ जुन तपाईं कहिल्यै बिर्सन सक्नु हुन्न।बाटोमा एक्लै यात्रा गर्दा तपाईंको नयाँ साथीहरूसँग भेट हुन्छ। यसले तपाईंलाई नयाँ भाषा सिक्न, उनीहरूको संस्कृतिबारे बुझ्न सघाउँछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend