images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउन...

स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउन ‘डक्टर्स पिएमएस’ सञ्चालनमा

स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउन ‘डक्टर्स पिएमएस’ सञ्चालनमा

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो।क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछी सो योजनामा सहभागि हुन सकिन्छ।

    images
    images

    यसमा बार्षिक सेवा शुल्क पुर्ण रुपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिनेछ। साथै मुनाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ।

    यो योजनामा सहभागि हुने स्वास्थ्यकर्मीका परिवारलाई निशुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ। साथै यस लगानी योजनामा सहभागि हुने लगानीकर्तालाई निशुल्क विमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ। 

    images
    images

    यसका साथै सेयर बजार सम्बन्धि निशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend