images

२०८३ आश्विन २५ गते

images
images
images

नेपालगञ्ज भन्सारको ६३.३४ प्रतिशतमात्रै राजश्व असुली

नेपालगञ्ज भन्सारको ६३.३४ प्रतिशतमात्रै राजश्व असुली

images
images
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
  • नेपालगञ्ज- नेपालगञ्ज भन्सार कार्यालयले ६३ प्रतिशत राजश्व असुली गरेको छ। प्रत्येक वर्ष लक्ष्य घटाउँदै गएको नेपालगञ्ज भन्सारले आर्थिक वर्ष २०८०/८१ मा ६३.३४ प्रतिशतमात्रै राजश्व असुली गरेको हो।

    images
    images

    भन्सारले कार्यालयले २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो। भन्सारले यो आर्थिक वर्षमा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार एक सय ९१ रुपैयाँ संकलन गरेको छ। भन्सार कार्यालयका ध्रवराज विश्वकर्माले यो आर्थिक वर्षमा दश अर्ब बढी राजश्व कम संकलन भएको बताए।

    भन्सार कार्यालयले यो वर्ष गतवर्षभन्दा लक्ष्य कम राखेको थियो। एक अर्ब रुपैयाँ कम लक्ष्य राख्दा पनि भन्सारले लक्ष्य अनुसारको लक्ष्य प्राप्त गर्न सकेन।

    images
    images

    आर्थिक वर्ष २०७९/८० मा नेपालगञ्ज भन्सारको लक्ष्य २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार रुपैयाँ रहेको थियो। भन्सारले १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व संकलन भएको थियो।

    भारतले चिनी पठाउन रोकेपछि भन्सारको राजश्व असुली घटेको बताइएको छ। भन्सार कार्यालयका प्रमुख विश्वकर्माले आर्थिक वर्ष २०८०/८१ मा चिनी रोकिदा लक्ष्यभन्दा न्यून राजश्व संकलन भएको बताए। आर्थिक वर्ष २०७९/८० मा चिनी आयातबाट मात्रै करिव ९० करोड राजश्व असुली भएको थियो।

    नेपालगञ्ज भन्सारबाट पेट्रोलियम पदार्थ, चामल, खाद्यान्न, फलाम, तरकारी, फलफूल बढीमात्रामा भित्रिने गर्दछ।

    यो नाकाबाट जडीबुटी, प्लाइउड, सिमेन्ट, कत्था भारत निर्यात हुने गर्दछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend